नियम १९
धितोपत्र निष्काशन गर्ने अनुमतिपत्र दिने
(१) नियम १८ बमोजिम बोर्डले दर्ता किताबमा धितोपत्र दर्ता गरी सकेपछि सम्बन्धित संगठित संस्थालाई अनुसूची–७ बमोजिमको ढाँचामा धितोपत्र निष्काशन गर्ने अनुमतिपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बोर्डले धितोपत्र निष्काशन गर्ने अनुमतिपत्र दिंदा सम्बन्धित संगठित संस्थाले पालन गर्नु पर्ने शर्तहरू समेत तोकी दिन सक्नेछ । यसरी बोर्डले तोकी दिएका शर्तहरू पालन गर्नु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।